राहदानी विभागमा करार पदमा कार्यरत इन्जिनियर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता

काठमाडौं ।

राहदानी विभागमा करारमा कार्यरत इन्जिनियर प्रदीप भट्टराई र एक सेवाग्राहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुबैविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणका लागि खटाइएका प्रदीप भट्टराईले राहदानी बनाए वापत सुमी धामी भन्ने सुमित्रा सापकोटाबाट ३४ हजार घुस लिएको आरोपमा अख्तियारले मुद्दा चलाएको हो ।

सुमित्राले घुस रिसवत लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन गरेको पुष्टि भएको अख्तियारको भनाइ छ । उनीहरूसँग ३४ हजार रकम बिगो दाबीसमेत गरिएको छ ।

Scroll to Top