रोयल एन्फिल्ड राइड चन्द्रागिरि भञ्ज्याङ्ग हुँदै चित्लाङ्गसम्म

काठमाडाैं : रोयल एन्फिल्डको आधिकारिक बितरक अल्फा अटोमोटिभले चित्लाङ्ग राइड गराएको छ। काठमाडौ ,भक्तपुर, ललितपुरबाट ५४ मोटरसाइकल सहित ६५ जनाको सहभागितामा राइड भएको हो ।

 अल्फा अटोमोटिभ नक्सालबाट बिहान ८ बजे सुरु भएको राइड कलन्की, नैकाप,गुरुजुधारा ,चन्द्रागिरि हुँदै चित्लाङ्ग सम्म भएर पुनः नक्सालमा ४ बजे अन्त्य भएको हो ।

 सबै पुस्ताको रोजाइमा पर्न सफल बुलेट बाइकमा पछिल्लो समय युवा पुस्ताको क्रेज थपिदै गएको नेसनल राइड एन्ड कम्युनिटिका प्रमुख दिपेश श्रेष्ठले बताउनुभयो । सभ्य, शालिन एबम अनुशासित ट्राफिक नियम सहित आन्तरिक पर्यटन प्रवर्द्धनका उद्देश्यले आयोजित राइडमा युवतिहरुको समेत क्रेज देखिन पाइएको थियो ।

 रोयल एन्फिल्डको विभिन्न मोडल गरि ५ मोडल सहित भएको राइडमा काठमाडौ सामाखुसीबाट सहभागिता जनाएकी वर्षा कार्की आफ्नो ३५० सिसि बुलेट क्लासिक सहित चित्लाङ्ग राइडमा सहभागी हुँदा प्रफुल्ल मुद्रामा देखिन्थिन ।

तस्बिर : उत्तम कार्की
Scroll to Top