लघुवित्त पीडितहरु थानकोटस्थित त्रिभुवन पार्कमा

काठमाडौं ।
लघुवित्त पीडितहरु हप्तौंको पैदल यात्रापछि थानकोटस्थित त्रिभुवन पार्कमा हिजो राती बास बस्न आइपुगेका छन् ।
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको संयोजकत्वमा आयोजित –यालीमा सहभागी हुन उनीहरु त्यहाँ आइपुगेका हुन् ।
लगभग ३ हजारको संख्यामा आएका उनीहरु अहिले त्रिभुवन पार्कमा बसिरहेका छन् । थप १० हजार पीडितहरु आउँदै गरेका एक सहभागीले जानकारी दिए !
नव सामन्तीको रुपमा स्थापित लघुवित्त तथा वित्तीय संस्थाहरु खारेज, लघुवित्तीय संस्थाहरुद्वारा लगाइएको सामुहिक ऋण मिनाहा, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान, प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुखको व्यवस्था आदि माग राखेर काठमाडौं आएको सघर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवालीले शोणितपुर खबरलाई बताए ।

Scroll to Top