ललितपुरको झम्सीखेलमा गोली चल्यो

ललितपुरको झम्सीखेलमा गोली चलेको छ। ललितपुर महानगरपालिका–१४ झम्सीखेलमा प्रहरीले गोली चलाएर लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा उदयपुरका ४५ वर्षीय अविनाश राई छन्। राईको दाहिने खुट्टामा गोली लागेको छ। उनको उपचारको लागि ट्रमा सेन्टर लगिएको छ। उनीबाट प्रहरीले कटुवा पेस्तोल र लागु औषध पनि बरामद गरेको छ ।

Scroll to Top