अन्नपूर्ण योगा लायन्स क्लबद्वारा रक्तदान सम्पन्न

काठमाडौं । चन्द्रागिरि नगरपालिका स्थित ॐ समाज डेण्टल हस्पिटलको प्राङ्गणमा अन्नपूर्ण योगा लायन्स क्लबको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ ।

उक्त रक्तदान कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं १५ का वडाअध्यक्ष घनश्याम लुईटेल प्रमुख अतिथि रहेका थिए !

कार्यक्रममा अन्नपूर्ण योगा लायन्स क्लबका अध्यक्ष इन्द्र बहादुर न्यौपाने , ॐ समाज डेन्टल हस्पिटलका अध्यक्ष डा. सुभाष घिमिरे , सुप्रसिद्ध कलाकार रविन्द्र खड्का लगायतको उपस्थिति रहेको थियो ।

आज सम्पन्न उक्त रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा चन्द्रगिरि नगपालिका वडा नं १५ का वडाध्यक्ष घनश्याम लुईटेल , अन्नपूर्ण योगा लायन्स क्लबका अध्यक्ष ईन्द्र बहादुर न्यौपाने र ॐ समाज डेन्टल हस्पिटलका अध्यक्ष सुवास घिमिरेले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा ॐ समाज डेन्टल हस्पिटलका अध्यक्ष एवम् वरिष्ठ स्वास्थ्यकर्मी सुवास घिमिरेले आधुनिक विज्ञानले आश्चर्यजनकरुपमा विभिन्न क्षेत्रमा उपलब्धि हासिल गर्न सफलता प्राप्त गरेको , तर , अहिलेसम्म रगतको आविष्कार गर्न असमर्थ रहेबाट रगतको महत्त्व र रक्तदानको संवेदशिल योगदानबारे सबैले विमर्श गर्नुपर्ने बताए !

साथै , योग र मानव स्वास्थ्य परस्पर जोडिएको , मान्छेको आहार , सोच , विचार र व्यवहारबाट मान्छेको समग्र जीवन निर्देशित हुने भएकोले योगको सान्दर्भिकता आजको चरम तनावग्रस्त दैनिक जीवनयापनमा अझ बढी देखिएको बताए !

आजै ॐ समाज डेण्टल हस्पिटल र पथिक फाउण्डेसनको सहकार्यमा वनस्थली चोकमा ध्यान योगा सत्संगले ध्यान र योगाको कार्यक्रम समेत गरेको थियो ।


Scroll to Top