लुम्बिनी प्रदेशका साथै देशका पहाडी भूभागमा वर्षाको सम्भावना 

काठमाडौं । देशभर आज मौसम आँशिक देखि सामान्य बदली रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार लुम्बिनी प्रदेशसहित अन्य प्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ । 
हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ । 
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पुर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको छ । साथै भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेकोले आज देशभर मौसम आँशिक देखि सामान्य बदली रहनेछ। 
आइतबार दिउँसो लुम्बिनी प्रदेश सहित देशका पहाडी भू–भागको केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा मेघ गर्जनचरककट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ । 
राति कोशी, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जनचरट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने प्रक्षेपण विभागले गरेको छ । 

Scroll to Top