वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठको स्मृति सभा तथा सम्मान कार्यक्रम हुँदै

काठमाडौं । वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठको स्मृति सभा तथा सम्मान कार्यक्रम आयोजना हुँदैछ । जीवनको ६ दशक भन्दा बढी समय नेपाली साहित्यको विविध विधामा योगदान पुर्याउनु भएका वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठको स्मृतिमा आउँदो शुक्रबार कार्यक्रम हुन लागेको छ ।

निक्कै लामो समय रसियन र नेपाली भाषा अनुवादककारुपमा समेत कार्य गर्नुभएका श्रेष्ठको सम्मानमा विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रिय समितिले यहि २९ मार्च मा कार्यक्रम आयोजना गर्न लागेको हो ।

भर्चुअल माध्यमबाट गर्न लागिएको उक्त कार्यक्रम आउँदो २९ मार्च २०२४ शुक्रबार साँझ नेपाली समय अनुसार ७ बजे हुने बताइएको छ ।

सहभागिताका लागि जुम भर्चुअल ID : 832 2893 1137 साथै , सोझै जोडिन https://us02web.zoom.us/j / 83228931137 passcode : no need

Scroll to Top