वसन्तपुरमा होलीको चीर ठड्याइएसँगै सुरु भयो होली पर्व

काठमाडौं । काठमाठौंको वसन्तपुरमा आइतबार बिहान होलीको चीर ठड्याइएको छ।
वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ७ बजेर ४५ मिनेटको शुभ साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको हो।
होलीको चीर ठड्याइएसँगै आइतबारदेखि देशभर विधिवत् होली अर्थात् फागु पर्व सुरु भएको छ।
होलिकाको दहन र कृष्ण लीलासँग सम्बन्धित यो पर्व आइतबारबाट विधिवत् सुरु भएको वसन्तपुरस्‍थित तलेजु मन्दिरका पुजारी उद्धव कर्माचार्यले जानकारी दिए।
आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ।

Scroll to Top