वाग्लेलाई पत्रकारिता रजत सम्मान

काठमाडौं : पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० भब्य रूपमा सम्पन्नभएको छ । कार्याक्रममा वरिष्ठ पत्रकार अनन्त वाग्लेलाई सगरमाथा कला पत्रकारिता रजत सम्मानसहित सगरमाथाको उचाइ बराबर आठ हजार आठ सय ४८ रुपैयाँ नगद प्रदान गरियो । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ सम्पन्न अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो ।
कार्यक्रममा वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा प्रदान गरियो । नगद १७ हजार ६ सय ९६ सहित सम्मान प्रदान गरिएको थियो । अवार्ड कार्यक्रमा प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, वरिष्ठ कलाकार शुशील पोखरेल, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापालगायतले पुरस्कार प्रदान गरेका थिए । ज्योतीविकास बैंकको प्रस्तुति रहेको कार्यक्रमलाई साहारा ग्रुपले मुख्य प्रायोजन गरेको थियो भने टोखा नगरपालिकाले सहकार्य गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रकाश अधिकारीले कलाकार र सञ्चारकर्मीको सम्मान गर्न पाउँदा आफू हर्षित भएको बताए । साथै आगामी दिनमा पनि अवार्ड कार्यक्रममा सहकार्य गर्ने प्रतिबद्धता जनाए । कलाकार राष्ट्रको गहना भएको हुँदा सबैले सम्मान गर्नु पर्ने बताए ।
त्यसैगरी सगरमाथा कला पत्रकारिता सम्मान सुकृत नेपाल, सानुकाजी श्रेष्ठ, कमला जोशी, राजु बोहोरा र रधुनाथ सापकोटालाई प्रदान गरिएको थियो । सगरमाथा रेडियो पत्रकारिता सम्मान विजन दुवाडीलाई प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ संगीतकार राजकुमार बगरलाई सगरमाथा संगीतसाधना सम्मान गरिएको थियो । व्यवसायी शम्भु श्रेष्ठलाई सगरमाथा सम्मान प्रदान गरिएको थियो । त्यसैगरी निपेश ढाकालाई सगरमाथा कला सम्मान प्रदान गरिएको थियो ।
अवार्ड कार्यक्रममा सगरमाथा कला सम्मानबाट सम्झना बुढाथोकी, मञ्जिता केसी, रमिता भण्डारी, नारायण थापा, नन्दराम परियार, प्रविन भुषाल, प्रतिक्षा काफ्ले, ध्रुव हिमाली, नकुलथापा, सुमन परियार, टेकबहादुर बोगटी, कमल अधिकारी, भद्र वलीलगायतलाई सम्मान गरिएको थियो ।
अवार्ड कार्यक्रममा नेपाली गीतसंगीतका शीर्ष व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । यसका सथै वभिन्न विधामा उत्कृष्ट हुने कलाकार तथा प्रविधिकहरूलाई पनि पुरस्कृत गरिएको थियो ।

Scroll to Top