विनाशकारी गोरखा भूकम्प गएको ९ वर्ष पूरा

त्यो भूकम्पमा ९ हजारको ज्यान गएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए

काठमाडौं । विनाशकारी गोरखा भूकम्प गएको आजबाट ९ वर्ष पूरा भएको छ । त्यो भूकम्पमा ९ हजारको ज्यान गएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए ।
०७२ साल वैशाख १२ गते मध्यान्न ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न १ बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको थियो ।
यो बिनासकारी भूकम्पबाट आठ हजार ९७० जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ ।
भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर ध्वस्त हुँदा दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुगेको थियो ।

भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर ध्वस्त हुँदा दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुगेको थियो ।


भूकम्पबाट ३२ जिल्लामा क्षति पुगे पनि गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति भएको थियो ।
गोरखा भूकम्पबाट करिब सात खर्ब छ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको थियो । गोरखा भूकम्पको सम्झनामा खानी तथा भूगर्भ विभागले आज काठमाडौंमा बृहत् फोटो प्रदर्शनी गर्दैछ ।


खानी तथा भूगर्भविभागको आयोजनामा हुने प्रदर्शनीमा नौ वर्षअघिको गोरखा भूकम्पसहित डोटी, बझाङ र जाजरकोटमा भएका भूकम्पबाट भएको क्षति तथा मानव समाज र भूगोलमा आएको परिवर्तनका दृश्य समावेश गरिने विभागले जनाएको छ ।

Nepal Earthquake
Scroll to Top