विराटनगरको कवाडी पसलमा आगलागी, चारजनाकाे मृत्यु

 विराटनगरको विराटनगरको सातघुम्ती मोडस्थित कवाडी पसलमा भएको आगलागीमा परि मृत्यु हुनेको संख्या चार पुगेको छ । आज थप एक जनाको मृत्यु भएको हो । आगलागीमा परि गम्भीर घाइते भएकी रीतादेवी सरदारको आज भएको निधन भएको विराटनगर ६ का वडाध्यक्ष अक्षय सहनीले बताएका छन् । 

योसँगै उपचारका लागि काठमाडौं लगिएका चार घाइते मध्ये दुई जनाको मृत्यु भइसकेको छ । यसअघि बुधबार राति साढे ८ बजे सुनिता कामतको मृत्यु भएको हो । 

अन्य घाइते २ जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । केही दिन अघि सो कवाडी पसलमा पुरानो किनेर राखेको एक्स्पायर  परफ्युमको बट्टा खोल्दै गर्दा चुरोट पिउँने हुँदा  विस्फोट भएर आगलागी भएको थियो । 

Scroll to Top