विश्वकपमा पाकिस्तानको दोस्रो हार

आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत गए राति सम्पन्न खेलमा पाकिस्तान भारतसँग ६ रनले पराजित भएको छ।

यसअघि सुपर ओभरमा संयुक्त राज्य अमेरिकासँग पाँच रनले हारेको पाकिस्तानको यो लगातार दोस्रो हार हो ।

यस हारसँगै अन्तिम आठमा पुग्ने पाकिस्तानको सम्भावनामा न्यून भएको छ। भारत भने दुई खेलमा चार अंक जोड्दै नेट रनरेटका आधारमा समूहको शीर्ष स्थानमा छ। समान चार अंक भएको अमेरिका दोस्रोमा छ भने तेस्रो स्थानमा एक खेल जितेको क्यानडा छ।

यो समूहमा पाकिस्तान र आयरल्यान्ड अंकविहीन छन् । रनरेटका आधारमा पाकिस्तान चौथो र आयरल्यान्ड पाँचौं स्थानमा छन् ।

Scroll to Top