वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको चौथो खेल आज 

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको ट्वान्टी–२० शृंखलाको चौथो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुँदै छ । 

पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ले यसअघिको दोस्रो खेलमा घरेलु टिमलाई १० रनले र हिजो भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो ।

पहिलो खेलमा भने नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो ।

यी दुई टिमबीचको पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ ।

Scroll to Top