वैशाख २२ गते चन्द्रागिरिमा ‘सम्पदा पदयात्रा २०८१’ आयोजना हुँदै

काठमाडौं । यही वैशाख २२ गते चन्द्रागिरिमा ‘सम्पदा पदयात्रा २०८१’ आयोजना हुँदैछ ।
चन्द्रागिरि हाइकर्स कमिटीको आयोजनामा हुन लागेको सम्पदा पदयात्रा यही वैशाख २२ गते २२ किलोमिटर २२ सय पैदलयात्री भन्ने नाराका साथ आयोजना हुन लागेको कमिटीका अध्यक्ष प्रशन्न मान गोपालीले शोणितपुर खबरलाई जानकारी दिए ।
२०८१ वैशाख २२ गते बिहान ५ बजे चन्द्रागिरि नगरपालिका परिसरमा भेला भएर सुरु हुनेछ ।
‘सम्पदा पदयात्रा २०८१’ मा सहभागी हुन चाहने व्यक्तिहरुले ९९ रुपैयाँको टिकट इसेवाबाट वा सम्बन्धित व्यक्तिहरुबाट लिन सक्ने पनि जानकारी दिए ।
२२ गते चन्द्रागिरि नगरपालिकाबाट बिहान ६ बजे सुरु हुने पदयात्रा बलम्बु, ७ को त्रिवेणी घाट । त्यस्तै १ नम्बर वडामा रहेको राधाकृष्ण मन्दिर हुँदै वाडभञ्ज्यामा रहेको चण्डिका देवी मन्दिर, लगलगे पाखा हुँदै बुद्धपार्क । त्यस्तै ३ नम्बर वडामा रहेको चुनदेवी मन्दिर, थानकोटमा रहेका आधिनारायण मन्दिर हुँदै टेकानपुर, त्रिभुवन पार्क, चन्द्रागिरि ७ नम्बर वडा हुँदै वडा नं. ६ मा रहेको महादेव मन्दिर, मातातिर्थ, बालागाउँ । त्यस्तै किसिपिडीको कालिका भैरव मन्दिर, सतुंगल, बोसिगाउँ, मच्छेगाउँ, विष्णुदेवी हुँदै चन्द्रागिरि वडा नं. १४ मा रहेको फुटबल ग्राउण्डमा गएर समापन हुने कार्यक्रम रहेको छ ।


सम्पदा पदयात्रामा चन्द्रागिरि नगरपालिकाभित्र रहेका सम्पूर्ण क्लवहरु, उद्योगीहरु, व्यवसायीहरु, सेना, प्रहरी, सशस्त्र सम्पूर्णलाई सहभागी गराई चन्द्रागिरि नगरभित्रका सम्पदाहरुको चिनारी गर्ने कार्यक्रम रहेको अध्यक्ष गोपालीले जानकारी दिए ।
समुदायसँग पदयात्रा कार्यक्रम २०८१ साल वैशाख २२ गते चन्द्रागिरि नगरपालिका परिसरबाट सुरु भई वडा नं. १४ मा रहेको फुटबल ग्राण्डमा समापन हुने र समापनमा लञ्चको व्यवस्था गरिएको पनि अध्यक्ष गोपालीले जानकारी दिए ।

Scroll to Top