वैशाख ३ मा नागढुंगा–सिस्नेखोला सुरुङ मार्गमा ब्रेक थ्रुको तयारी

काठमाडौं । वैशाख ३ गते नेपालकै पहिलो अत्याधुनिक नागढुंगा–सिस्नेखोला सुरुङ मार्गमा ब्रेक थ्रुको तयारी हुँदैछ ।
कूल २ हजार ६ सय ८८ मिटरको मूल सुरुङ मार्गमध्ये २ हजार ६ सय ८६ मिटर खन्ने काम सकिएको छ । अब २ मिटर मात्रै खन्न बाँकी राखिएको छ ।
सोमबार ठेक्केदार कम्पनीले जापानी धर्म संस्कृति र नेपाली पक्षले हिन्दू परम्पराअनुसार विशेष पूजा गरी खन्न बाँकी रहेको २ मिटर क्षेत्रलाई ड्रिलिङ्ग मेसिन वा व्लास्टिङ्ग प्रविधिमार्फत व्लास्ट गरेर पूर्व–पश्चिम मुख जोड्ने योजना छ ।

सोमबार ठेक्केदार कम्पनीले जापानी धर्म संस्कृति र नेपाली पक्षले हिन्दू परम्पराअनुसार विशेष पूजा गरी खन्न बाँकी रहेको २ मिटर क्षेत्रलाई ड्रिलिङ्ग मेसिन वा व्लास्टिङ्ग प्रविधिमार्फत व्लास्ट गरेर पूर्व–पश्चिम मुख जोड्ने योजना छ ।


३.५ मिटर चौडाई भएको सुरुङ मार्गमा दुई लेनको निर्माण भइरहेको छ ।
मूल सुरुङमार्गमा सँगै समानान्तर रुपमा निर्माण भएको अर्को २ हजार ५ सय ५७ मिटर दूरी भएको आपतकालीन सुरुङको भने ‘ब्रेक थ्रु’ भइसकेको छ ।
नागढुंगा सुरुंगमार्ग निर्माण आयोजनाका अनुसार सन् २०१६ मा जापान सरकारसँग १६ अर्ब ८ करोड रुपैयाँ ऋण सहयोग लिएर सरकारले यो आयोजना सुरु गरेको थियो । यसको कूल लागत भने २२ अर्ब छ । अहिलेसम्म मुआब्जामा ६ अर्ब रुपैयाँ रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ ।
जापानको हाजमा एण्डो कर्पोरेशनले ठेक्का पाएको यो आयोजना सम्झौता भएको मितिदेखि ४२ महिनामा (२०२३ अप्रिल २५) मा सम्पन्न गर्नुपर्ने समयसीमा निर्धारण गरिएको थियो । तर कोभिड र स्थानीय बासिन्दाको आन्दोलनका कारण यसको निर्माण समय थप भएर अहिले २०२४ अप्रिल २४ तोकिएको छ ।
सडक विभाग र कम्पनीबीच सन् २०१९ सेप्टेम्बर २३ मा ठेक्का सम्झौता भएको थियो ।

Scroll to Top