शनिबार आठ हजार एक सयले अवलोकन गरे थाहा महोत्सव

थाहा महोत्सवको चौथो दिन सनिवार ८ हजार १ सयले महोत्सव अवलोकन गरेका छन। मुल आयोजक थाहा नगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठले जानकारी दिनुभयो।

थाहा नगरपालिकामा जारी कृषि, पर्यटन व्यापार मेल चौथो थाहा महोत्सवमा गायिका शान्ति श्री परियारको प्रस्तुतिमा दर्शक झुमेका छन् । १६ मंसिरमा बिदाको दिनको मुख्य आकर्षणका रुपमा उपस्थित शान्तिले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई नचाइन् ‘मन प¥यो क्या गर्नु’, ‘रुकुमको हान्यो माया चौका दाउ हुकुमको’, ‘खोली तारी देउ न माझी दाई’, ‘अरेली काँडैले मलाई च्वास्सै च्वास्सै’लगायतको गीत गाउँदै गायिका परियारले महोत्सवमा प्रस्तुती दिएकी थिइन् । उनको प्रस्तुतीमा दर्शकले हुटिङ गर्नुको साथै नाचेर साथ दिए । 

शनिवार शान्तिसँगै गायक सरोज लामिछानेले पनि दर्शक नचाए लामिछानेले बदम खाको सुन्तला छोडाको,दुई खोली दोभान तथा हे मेरी सानू लगायतका चर्चित गित गाए।साथै आज महोत्सवमा रवि हमाल, गणेश केसीको प्रस्तुती रहेको थियो ।

थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी काला भैरव गुठिको सह आयोजनामा मंसिर २५ गतेसम्म थाहा नगरमा बृहत थाहा कृषि, पर्यटन तथा व्यापार साँस्कृतिक महोत्सव सञ्चालन हुँदैछ । शनिबार भएकोले स्टेजदेखि स्टल र बालउद्यानसम्मै दर्शकको भीडभाड देखिएको थियो । महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकार, स्थानीय र थाहा आइडल एकल नृत्य प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

तस्बिर : शम्भु अधिकारी
Scroll to Top