शनिबार दश हजार बढिले अवलोकन गरे थाहा महोत्सव

थाहा महोत्सवको दसौं दिन शनिवार १० हजार बढिले महोत्सव अवलोकन गरेका छन । मुल आयोजक थाहा नगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठले शनिवार आज १० हजार बढी महोत्सव अवलोकन गर्न आएको जानकारी दिनुभयो। थाहा नगरपालिकामा जारी कृषि, पर्यटन व्यापार मेल चौथो थाहा महोत्सवमा गायिका रचना रिमालको प्रस्तुतिमा दर्शक झुमेका छन् ।

२३ मंसिरमा बिदाको दिनको मुख्य आकर्षणका रुपमा उपस्थित रचना रिमालले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई नचाइन् । उनको प्रस्तुतीमा दर्शकले हुटिङ गर्नुको साथै नाचेर साथ दिए । शनिवार रचना सँगै गायक शिव परियारले पनि दर्शक नचाए परियारलेले चर्चित गित गाए। साथै आज महोत्सवमा बद्री पंगेनीले पनि चर्चित गित गाएर आफ्नो प्रस्तुति दिएका थिय ।

थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी काला भैरव गुठिको सह आयोजनामा मंसिर २५ गतेसम्म थाहा नगरमा बृहत थाहा कृषि, पर्यटन तथा व्यापार साँस्कृतिक महोत्सव सञ्चालन हुँदैछ । शनिबार भएकोले स्टेजदेखि स्टल र बालउद्यानसम्मै दर्शकको भीडभाड देखिएको थियो । महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकार, स्थानीय र थाहा आइडल एकल नृत्य प्रतियोगिता भैरहेको आयोजकले जनाएको छ ।

Scroll to Top