शिखर सहकारीद्वारा थाहाका सामाजिक व्यक्तिहरुलाई सम्मान

काठमाडौं ।

थाहा नगरपालिकाको शिखर बचत तथा ऋण सहकारी संस्थाले नगर भित्रका सामाजिक व्यक्तित्व हरुलाई सम्मान गरेको छ।

संस्थाले आफ्नो १३ औं वार्षिक साधारणसभाको अवसर पारेर नगरभित्रका भिन्नाभिन्नै क्षेत्रमा योगदान पुर्याउने हरुलाई सम्मानित गरेको हो।

सम्मानित हुनेहरुमा डाक्टरहरु गगन कार्की, पवन कार्की, सुजता केसी र रिकेश कार्कीलाई आफ्नै नगरपालिकामा कार्यक्षेत्र बनाइ स्वास्थ्य क्षेत्रमा दिएको योगदानको कदर गर्दै सम्मानित गरियको थियो भने उत्कृष्ट समाजसेवी यादव जंग रायमाझीलाई सामाजिक क्षेत्रमा योगदान दिएको भन्दै सम्मानित गरियो तेसैगरी सम्मानित हुनेमा साहित्य क्षेत्र बाट बिर्खे अन्जान र पत्रकारीताको क्षेत्रमा उत्कृष्ट योगदानको कदर गर्दै थाहापाटिका सम्पादक शम्भु अधिकारीलाई सम्मानित गरियो।

तेसैगरी पालुङ जेसिज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझी र संस्था तर्फ च्वाइस नेपाल र मेन्टर इन्टरनेशनललाई सम्मान गरिएको थियो। सम्मानित हरुलाइ प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट द्वारा सम्मान पत्र द्वारा सम्मानित गरिएको थियो।

Scroll to Top