संकल्प यात्रा पूर्ण रुपमा सफल भयाे, जनतामा उत्साह थप्याे : केपी ओली

काठमाडौं : नेकपा एमालेले मंसिर १८ देखि पुस १ गतेसम्म झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा यात्राबारे जानकारी दिन आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा पूर्ण रुपमा सफल भएको बताए ।
संकल्प यात्राको समीक्षा र सन्देश सार्वजनिक गर्दै संकल्प यात्राका क्रममा जनताको असाधारण सहभागिता देखिएको बताए ।
संकल्प यात्राका क्रममा एमालेप्रति जनतामा उत्साह देखिएको भन्दै संकल्प यात्राले जनतामा सकरात्मक प्रभाव पारेको बताए ।
अहिलेको देशको स्थिति देखेर जनतामा देखिएको निराशालाई चिर्ने काम संकल्प यात्राले गरेको अध्यक्ष ओलीले पत्रकार सम्मेलनका जानकारी दिए ।

नेपालको राजनीति र विकास कतैबाट पनि प्रभावित हुनु नहुने ओलीले बताए । नेपालको विकासमा कसैले पनि हस्तक्षेप गर्नु नहुने र सत्तामा बस्नेहरू कतैबाट पनि प्रभावित हुन नहुने ओलीको भनाइ छ ।
‘नेपाल र नेपालीको हित हुने खालको सहयोग जसले बढी दिन्छ त्यसबाट लिनुपर्छ । हाम्रो विकास हामीले निर्बाध ढङ्गले गर्न पाउनुपर्छ, बिरालो कालो होस् कि, सेतो होस्, मुसा मार्ने हुनुपर्छ’ ओलीले बताए ।

Scroll to Top