सकुशल भेटिए सन्देश बलामी

चैत २ गते शुक्रबार दिउँसोदेखि सम्पर्कविहिन रहेका सन्देश बलामी सकुशल भेटिएका छन् । उनका बुबा तिर्थराज बलामीले दिनुभएको टेलिफोन जानकारी अनुसार भारतको मध्य प्रदेश हुँदै उनी नेपाली माटोमा टेक्न आइपुगेका छन् । रक्सौल – बिरगंज हुँदै अहिले उनलाई लिएर उनका बुबा र आफन्तको टोली काठमाडौँ आउँदै गरेको जानकारी उनका आफन्त विजय श्रेष्ठले बताउनु भयो ।

बागमती प्रदेश ०२ – ०३१ , प ८९९७ नम्बरको पहेँलो स्कुटीसहित हराइरहेका उनको व्यापक खोजिकार्य भइरहेको थियो । उनले चढेको स्कुटी भने मंगलबार नै बिरगंज प्रहरी चौकिबाट उनका आफन्तले बुझिलिएका थिए । अकस्मात बेपत्ता भएका उनी फेला परेपछि परिवार र गाउँमा खुशीको माहोल छाएको छ । यद्यपि , के कारणले उनी बेपत्ता भएका थिए भन्ने बारेमा विस्तृत प्रहरी रिपोर्ट आउन बाँकी नै छ ।

Scroll to Top