सत्यपुर यूनाइटेड क्लवद्वारा आयोजित नाटक तथा देउसी कार्यक्रम २०८० सम्पन्न

सत्यपुर यूनाइटेड क्लवद्वारा तिहारको अवसरमा नेवास् सभ्यताको संस्कृति झल्काउने ‘गयो बाजे’ शीर्षकको कथालाई नाटक मार्फत जोगर्ना गर्न आर्थिक सहयोग उठाउन र डबली नाटक लाई पुनर्जागृत गर्न आयोजित नाटक तथा देउसी कार्यक्रम २०८० सम्पन्न भयो।

उक्त कार्यक्रम यही मंसिर २ गते शनिबार चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख नगरप्रमुख घनश्याम गिरी प्रमुख अतिथि, विशिष्ट अतिथिमा नगर उपप्रमुख बसन्ती श्रेष्ठ, वडा नं १० अध्यक्ष शिव कुमार महर्जन, वडा नं ११ अध्यक्ष नरेन्द्र राज श्रेष्ठ लगायत जनप्रतिनिधिहरु तथा सतुङ्गलका समाजसेवी व्यक्तिहरू र नगरवासीको उपस्थितिमा भव्यरुपमा सम्पन्न भएको थियो।

कार्यक्रम करिब तीन घण्टा अवधिको थियो भने उक्त कार्यक्रममा संगीतको प्रस्तुति, नृत्य, नाटक थियो भने कार्यक्रमको अन्तिममा अन्नपूर्ण देवीको नृत्य प्रस्तुतिबाट गरिएको क्लवका अध्यक्ष विश्वत्तम श्रेष्ठले जानकारी दिए ।

Scroll to Top