समर्थन फिर्ता लिँदै , मन्त्री पद छाड्दै रमा आलेमगर !

काठमाडौं । बागमती प्रदेशमा एकीकृत समाजवादीकी सांसद रमा आलेमगर विना विभागीय मन्त्री नियुक्त भएको लामो समय भइसक्यो, तर अहिलेसम्म उनलाई कुनै मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।

उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए । सांसद आले एकीकृत समाजवादीका तर्फबाट बागमती प्रदेशमा प्रत्यक्ष निर्वाचित भएकी एक्ली महिला सांसद हुन् ।

उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए । सांसद आले एकीकृत समाजवादीका तर्फबाट बागमती प्रदेशमा प्रत्यक्ष निर्वाचित भएकी एक्ली महिला सांसद हुन् ।

उनी गत वर्षको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नम्बर १० को प्रदेश ‘ख’ बाट निर्वाचित भएकी हुन् । चन्द्रागिरि निवासी मन्त्री आलेमगरले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गर्दै आइरहेकी छिन् ।

गठबन्धले पूर्व सहमति अनुसार आफैंले दिएको वचन पूरा नगरेको भन्दै आक्रोश पोखेकी छिन् !

केही समयदेखि बागमती प्रदेश हेटौंडामै रहेकी मन्त्री आलेमगर कि त विभाग टुङ्ग्याएरै नभए समर्थन फिर्ता गरि राजीनामा दिएर फर्किने मुडमा छिन् !

आफू प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि भएको र यसरी लामो समय विना विभागको मन्त्री भइरहनुले जनताको जनमतको अपमान हुने र आफ्नो राजनीतिक प्रभाव समेत खस्किने भएकाले बरु प्रतिपक्षमा बस्नु उचित हुने उनले बताइन् !

केही समयदेखि बागमती प्रदेश हेटौंडामै रहेकी मन्त्री आलेमगर कि त विभाग टुङ्ग्याएरै नभए समर्थन फिर्ता गरि राजीनामा दिएर फर्किने मुडमा देखिन्छिन् !

Scroll to Top