समृद्धिका लागि संकल्प यात्राकाे एमाले टोलीलाई पर्वतकाे कुश्मामा भव्य स्वागत

काठमाडाैं । मध्यपहाडी लाेकमार्ग विशेष अभियान (झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा) मा रहेकाे नेकपा एमालेकाे टाेली पर्वत पुगेकाे छ ।

अभियानकाे साताैं दिन बिहीबार बिहान बाग्लुङकाे गलकाेटबाट हिँडेकाे अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे टाेली बाग्लुङ बजार हुँदै केहीबेरअघि पर्वतकाे कुश्मा बजार पुगेकाे हाे ।

टाेलीलाई नेकपा एमालेका नेता-कार्यकर्ता, स्थानीय तथा शुभचिन्तकले भव्य स्वागत गरेका छन् । कुश्मामा नेकपा एमाले जिल्ला कमिटी पर्वतले आयाेजना गरेकाे जनसभालाई अध्यक्ष ओली लगायत नेताहरुले सम्बाेधन गर्नुहने कार्यक्रम छ ।

टाेली कुश्माकाे कार्यक्रम सकेर कास्कीकाे पाेखरातर्फ लाग्नेछ । टाेली आज पाेखरामै बास बस्नेछ ।

Scroll to Top