सरकारले उखुको न्यूनतम खरिद मूल्य तोक्यो, किसानले प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ पाउने

५ सय ६५ रुपैयाँ न्यनूतम खरिद मूल्य र ७० रुपैयाँ अनुदान रकम

काठमाण्डाै। सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने भएको छ ।

सिंहदरबारमा रहेको नयाँ कक्षमा आज बुधवार बसेको मन्त्रिपरिषद् बैठकले अनुदान रकमसँगै उखुको न्यूनतम खरिद मूल्य तोकेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी गराएकी छन् ।

सरकारले उखुको प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ मूल्य तोकेको छ । ५ सय ६५ रुपैयाँ न्यनूतम खरिद मूल्य र ७० रुपैयाँ अनुदान रकम गरी किसानले प्रतिक्विन्टल छ सय ३५ रुपैयाँ उखुको मूल्य प्राप्त गर्नेछन् ।

आजको बैठकमा सरकारको १ वर्षको सामान्य समीक्षासमेत भएको छ । त्यसमा मुख्य सचिव वैकुण्ठ अर्यालले काम गर्ने क्रममा विद्यमान ऐन, नियमावली तथा कानुनका कारणले झेल्नुपर्ने समस्याबारे ब्रिफिङ गरेका थिए ।

Scroll to Top