सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता 

काठमाडौं । सरकार र तीन दिनदेखि काठमाडौंमा आन्दोलरत शिक्षकहरू बीच ६ बुँदे सहमति भएको छ । 
शुक्रबार अपराह्न भएको चौथो चरणको वार्ताबाट दुवै पक्षबीच ६ बुँदे सहमति बनेको हो । योसंगै शिक्षकहरूको सम्पूर्ण आन्दोलन स्थगित भएको छ । 
आन्दोलित शिक्षकहरू उक्त सहमतिमा हस्ताक्षर गर्न तयार भएसँगै अब आइतबारदेखि देशभरका विद्यालय खुल्ने भएका छन् ।
प्रस्तावित शिक्षा विधेयकमाथि चर्को असन्तुष्टि राख्दै देशभरका शिक्षक तीन दिनदेखि आन्दोलनमा थिए । 

Scroll to Top