चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा सर्वदलीय संयुक्त भेला सम्पन्न

काठमाडौं । सार्वजनिक तथा धार्मिक क्षेत्रमा बाह्य अतिक्रमण विरुद्ध संघर्ष समितिले आज बृहत भेला गरेको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ६ मा रहेको चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा भारतीय राजदुतावासको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको गुरु योजनाको विरोध स्वरुप उक्त भेला बोलाइएको संघर्ष समितिका संयोजक इन्द्र महर्जनले बताए ।
उक्त भेलामा विभिन्न राजनीतिक पाटीका प्रतिनिधि, १८ वटा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी एवं शुभ चिन्तकहरुको सहभागिता रहेको थियो ।
उक्त भेलामा उपस्थित अधिकांश व्यक्तिहरुको एउटै भनाई थियो, कुनै पनि एक व्यक्ति विशेषको लागि आवाज र छात्रावास बन्न नहुने कुरामा जोड दिएका थिए ।
चन्द्रागिरि नगरपालिका वडा नं. ६ महादेवस्थान क्षेत्रमा चन्द्रागिरि नगरपालिकाले भारतीय दुतावासको आर्थिक सहयोगमा अघि बढाएको वृहत गुरुयोजनाले यहाँको धार्मिक, सांस्कृतिक, परम्परागत जात्रा, मेला, पर्वहरु सञ्चालन, निरन्तरता र स्थानीय जनसमुदायको स्वतन्त्रता पूर्वक आफ्नो धार्मिक तथा सांस्कृतिक क्रियाकलाप गर्न पाउने संविधान प्रद्धत मौकिल हकमा पार्ने असरलाई मध्यनजर गरेर सार्वजनिक तथा धार्मिक क्षेत्रमा बाह्य अतिक्रमण विरुद्ध संघर्ष समिति, नगाँचा, महादेवस्थानले संघर्ष गर्दै आएको छ ।

Scroll to Top