सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगितामा नेपाल पुलिस स्कुल र लिटिल एन्जल्स स्कुल विजयी

काठमाडौं ।
नेपाल एपीएफ स्कुल कीर्तिपुरले माघ २२ गतेबाट संचालन गरेको प्रथम एनएपिपएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता २०८० अन्तर्गत आज भएको खेलमा ग्रिन भिलेज सेकेण्डरी स्कुल कीर्तिपुर र लिटिल एन्जल्स स्कुल, हात्तिबन ललितपुरबीच भएको थियो ।
जसमा ०-११ गोलको अन्तरले लिटिल एन्जल्स स्कुल, हात्तिबन ललितपुर विजयी भएको छ ।

खेलमा लिटिल एन्जल्स स्कुलका खेलाडी कृयुष डंगोल २ गोल, प्रसुन तुलाधर ३ गोल, ओस्कर लामा २ गोल, अनमोल सुब्बा १ गोल, निश्चल नेपाली १ गोल, शिलभम मगर १ गोल गरेका थिए भने १ गोल आत्मघाती समेत भएको थियो ।


त्यसैगरी आज भएको दोश्रो खेलमा नेपाल पुलीस स्कुल, सागाँले काव्या स्कुल काठमाण्डौलाई ६-१ गोल अन्तरले पराजित गरेको छ ।
नेपाल पुलिस स्कुलको तर्फबाट प्रशान्त मोक्तान, किस्मत राज गिरी, प्रज्वल हुमागाई, नसिव हेनजन, राज दर्जीले १-१ गोल गरेका थिए ।


आजको भएको खेलमा लिटिल एन्जल्स स्कुलका उत्कृष्ट खेलाडी प्रशुन तुलाधर र नेपाल पुलिस स्कुलका प्रशान्त मोक्तान म्यान अफ दि म्याच घोषित भएका थिए । उनीहरुलाई सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाई र सशस्त्र प्रहरी उपरीक्षक समिक कुमार महर्जनले ट्रफी प्रदान गरेका थिए ।


भोलि शुक्रबार हुने खेलहरुमा हारती शिक्षा मन्दिर सितापाईला विरुद्ध राई स्कुल, नक्साल, ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातीर्थ, काठमाण्डौ विरुद्ध नेपालय हाईयर सेकेण्डरी स्कुल, कलंकी र मनकामना सेकेण्डरी स्कुल, जोरपाटी विरुद्ध नेपाल एपीएफ स्कुल, कीर्तिपुर (क) बीच हुनेछ ।

Scroll to Top