सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगितामा ब्राईट होराईजन चिल्ड्रेन्स होम र नेपाल एपीएफ स्कुल विजयी

काठमाडौं ।

नेपाल एपीएफ स्कुल कीर्तिपुरले माघ २२ गतेबाट संचालन गरेको प्रथम एन.ए.पि.एफ.एस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता २०८० अन्तर्गत आज भएको लिग चरणका खेलहरुमा राई स्कुल, नक्सालले हारती शिक्षा मन्दिर सितापाईला १-० गोलले विजयी भएको छ । जसमा राई स्कुल नक्सालको तर्फबाट सोहन श्रेष्ठले १ गोल गरेका थिए ।

आज भएको दोश्रो खेलमा ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातिर्थले नेपालय हाईयर सेकेण्डरी स्कुल, कलंकीलाई ८० गोल अन्तरले पराजित गरेको छ । ब्राईट होराईजन चिल्ड्रेन्स होमको तर्फबाट जोतिष बहादुर शाही४ चक्र मन्याल, विनोद गुरुङ्ग१ र प्रभाष शाहीले १ गोल गरेका थिए ।

त्यसैगरी आजै भएको तेस्रो खेलमा नेपाल एपीएफ स्कुल, कीर्तिपुर (क) ले मोर्डन ईन्डिएन स्कुल चोभार ३-० गोल अन्तरले पराजित गरेको छ । जसमा नेपाल एपीएफ स्कुल कीर्तिपुरको (क) को तर्फबाट तेन्जिङ्ग शेर्पा–२ र रोहित गोलले १ गोल गरेका थिए ।

आजको भएको खेलहरुमा क्रमश राई स्कुल, नक्साल, ब्राईट होराईजन चिल्ड्रेन्स होम र नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) का खेलाडीहरु आर्यनजंग थापा, चक्र मन्याल र तेन्जिङ्ग शेर्पा म्यान अफ दि म्याज घोषित भएका थिए ।

विद्यालयका समादेशक सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाई, अतिरिक्त क्रियाकलाप संयोजक राजकुमार प्याकुरेल र टीम व्यवस्थापक सशस्त्र प्रहरी नायव निरीक्षक दिनेश खड्काले  म्यान अफ दि म्याजको ट्रफी प्रदान गरेका थिए ।

भोलि शनिबार हुने प्रतियोगितामा सैनिक आवासीय माध्यामिक विद्यालय सल्लाघारी, विरुद्ध ग्रिन भिलेज सेकेण्डरी स्कुल कीर्तिपुर, पुष्पसदन स्कुल विरुद्ध लेवोरेटरी माध्यामिक विद्यालय कीर्तिपुर र राई स्कुल नक्साल, विरुद्ध नेपालय पब्लिक ईङ्गलिस स्कुल, जोरपाटीबीच हुने छ ।

प्रतियोगितामा काठमाडौं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिमबीच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ।

५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता आगामी फागुन ८ गतेसम्म जारी रहनेछ ।

Scroll to Top