सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगितामा नेपालय ईङ्गलिस पब्लिक स्कुल, लेवोरेटरी माध्यामिक विद्यालय कीर्तिपुर, सैनिक आवासीय माध्यामिक विद्यालय सल्लाघारी विजयी

काठमाडौं ।
नेपाल एपीएफ स्कुल कीर्तिपुरले माघ २२ गतेबाट संचालन गरेको प्रथम एन.ए.पि.एफ.एस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता २०८० अन्तर्गत आज भएको अन्तिम लिग चरणका खेलहरुमा नेपालय ईङ्गलिस पब्लिक स्कुल, जोरपाटीले राई स्कुल नक्साललाई १०-० गोलले पराजित गरेको छ । जसमा नेपालय ईङ्गलिस पब्लिक स्कुलको तर्फबाट सर्वन श्रेष्ठ ४, किशोर दोङ्ग–२, सन्देश गडेल २, बुद्ध खालिङ्ग राई–१, रनवीर तामाङ्गले १ गोल गरेका थिए ।
आजै भएको दोश्रो खेलमा लेवोरेटरी माध्यामिक विद्यालय कीर्तिपुरले, पुष्पसदन स्कुल, कीर्तिपुरलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । लेवोरेटरी माध्यामिक विद्यालय कीर्तिपुरको तर्फबाट रितिक फडेरा ३, विष्णु चन्दले–१ गोल गरेका थिए ।


त्यसैगरी आजै भएको तेस्रो खेलमा सैनिक आवासीय माध्यामिक विद्यालय सल्लाघारीले ग्रिन भिलेज सेकेण्डरी स्कुल कीर्तिपुरलाई ७-० गोल अन्तरले पराजित गरेको छ । जसमा सैनिक आवासीय माध्यामिक विद्यालय सल्लाघारीको तर्फबाट मौसम रोकाय–२, भुवन कामी–१, रोहित श्रेष्ठ–१, दिपक वि.क.–१, दिपेश दुमजान–१, अनुभव पुरीले–१ गोल गरेका थिए ।
आज भएको खेलहरुमा क्रमश नेपालय ईङ्गलिस पब्लिक स्कुल, जोरपाटी, लेवोरेटरी माध्यामिक विद्यालय कीर्तिपुर, सैनिक आवासीय माध्यामिक विद्यालय सल्लाघारीका खेलाडीहरु सर्वन श्रेष्ठ, रितिक फडेरा र मौसम रोकाय म्यान अफ दि म्याच घोषित भएका थिए । घोषित खेलाडीहरुलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरे, विद्यालय समादेशक सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाई, जुनियर को–अडिनेटर शिक्षक छोटेलाल चौधरीले म्यान अफ दि म्याचको ट्रफी प्रदान गरेका थिए ।


२९ गतेदेखि सुरु हुने प्रि-क्वाटर फाइनलका खेलहरुमा नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) विरुद्ध डि.ए.भि. स्कुल, जावलाखेल, ललितपुरबीच हुनेछ भने दोस्रो खेल मनकामना सेकेण्डरी स्कुल जोरपाटी विरुद्ध मोर्डन ईन्डिएन स्कुल, चोभार तथा तेस्रो खेल नेपालय ईङ्गलिस पब्लिक स्कुल, जोरपाटी विरुद्ध ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुर र चौथो खेल जेम्स स्कुल, धापाखेल विरुद्ध राई स्कुल, नक्सालबीच हुने कार्यतालिका छ ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिमबीच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।
५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता आगामी फागुन ८ गतेसम्म जारी रहनेछ ।

Scroll to Top