सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको पहिलो प्रि–क्वाटरफाईनलमा नेपाल एपीएफ स्कुल, मनकामना सेकेण्डरी स्कुल, नेपालय ईङ्गलिस पब्लिक स्कुल र जेम्स स्कुल विजयी

काठमाडौं ।
नेपाल एपीएफ स्कुल कीर्तिपुरले माघ २२ गतेबाट संचालन गरेको प्रथम एनएपिएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता २०८० अन्तर्गत आज भएको पहिलो प्रि–क्वाटरफाईनल खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर, मनकामना सेकेण्डरी स्कुल, जोरपाटी, नेपालय ईङ्गलिस पब्लिक स्कुल, जोरपाटी र जेम्स स्कुल, धापाखेल विजयी भएका छन् ।
आज भएको पहिलो प्रि–क्वाटर फाईनल खेलहरुमा नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) ले डि.ए.भि. स्कुल, जावलाखेल, ललितपुरलाई ५-० गोलले पराजित गरी विजयी भएको छ । जसमा नेपाल एपीएफ स्कुल कीर्तिपुरको तर्फबाट विवेक पश्चिमा थारु र एविन वस्यालले २-२ र तेन्जिङ्ग शेर्पाले १ गोल गरेका थिए ।
त्यसैगरी मनकामना सेकेण्डरी स्कुल जोरपाटीले मोर्डन ईन्डिएन स्कुल, चोभारलाई ६-२ गोल अन्तरले पराजित गरेको छ । मनकामना सेकेण्डरी स्कुल जोरपाटीको तर्फबाट प्रज्वल तामाङ्ग –४, पेम्वा तामाङ्ग र अनिष डंगोलले १-१ गोल गरेका थिए ।
आज भएको तेस्रो खेलमा नेपालय ईङ्गलिस पब्लिक स्कुल, जोरपाटीले ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुरलाई २-१ गोल अन्तरले पराजित गरेको छ । जसमा नेपालय ईङ्गलिस पब्लिक स्कुल, जोरपाटीको तर्फबाट रणविर तामाङ्ग र सुरज स्याङ्गतानले १-१ गोल गरेका थिए ।


त्यसैगरी आज भएको अन्तिम खेलमा जेम्स स्कुल, धापाखेलले राई स्कुल, नक्साललाई ६-२ गोल अन्तरले पराजित गरेको थियो । जसमा जेम्स स्कुल, धापाखेलको तर्फबाट अनमोल वि.क.–३, आशिष पाण्डे–२ र विशेष कुँवरले १ गोल गरेका थिए ।
आजको भएको खेलहरुमा क्रमश नेपाल एपीएफ स्कुल कीर्तिपुर, मनकामना सेकेण्डरी स्कुल जोरपाटी, नेपालय ईङ्गलिस पब्लिक स्कुल, जोरपाटी, जेम्स स्कुल, धापाखेलका खेलाडीहरु विवेक पश्चिमा थारु, प्रज्वल तामाङ्ग, सुरज स्याङ्गतान र अनमोल वि.क. म्यान अफ द म्याज घोषित भई विद्यालय प्रधानाचार्य युवराज पराजुली, समादेशक सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाई, अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक राज कुमार प्याकुरेलले म्यान अफ द म्याजको ट्रफी प्रदान गरेका छन् ।


प्रतियोगिताको भोलि हुने प्रि–क्वाटर फाईनलका खेलहरु नेपाल एपीएफ स्कुल कीर्तिपुर (ख) विरुद्ध ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातिर्थ, लेबोरेटरी माध्यामिक विद्यालय, कीर्तिपुर विरुद्ध नेपालय हाईयर सेकेण्डरी स्कुल कलंकी, नेपाल पुलिस स्कुल, साँगा विरुद्ध लिटिल एन्जल्स स्कुल, हात्तीबन ललितपुर र सैनिक आवासीय माध्यामिक विद्यालय, सल्लाघारी विरुद्ध काव्या स्कुल बुद्धनगर काठमाण्डौबीच हुनेछ ।


प्रतियोगितामा काठमाडौं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिमबीच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।
५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता आगामी फागुन ८ गतेसम्म जारी रहनेछ ।

Scroll to Top