सहकारीका बचतकर्ताको तत्काललाई ५ लाखसम्मको रकम फिर्ता हुन्छः अर्थमन्त्री पुन

काठमाडौं । सहकारीका बचतकर्ताहरुलाई उनीहरुको रकम फिर्ता हुने अर्थमन्त्री वर्षमान पुनले प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहकारी क्षेत्रमा देखिएका सबैखाले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

कुनै सहकारीमा सञ्चालकले केही गल्ती गरेको छैन भने नडराउनु नपर्ने मन्त्री पुनको थियो । मन्त्री पुनले सहकारीमा संरचनात्मक र नीतिगत सुधार आवश्यक रहेको र त्यो पुरा गर्ने पुनको दाबी छ ।

सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको बताए । यसैबाट बचतकर्ताको हित हुने उनको विश्वास छ ।

आम सहकारीका बचतकर्ता चिन्तित हुनुनपर्ने उनले बताए । समस्यामा रहेका सहकारीहरूको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याइने पनि उनले बताए ।

Scroll to Top