सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रम सम्पन्न !

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) चन्द्रागिरि नगर समितिको आयोजनामा ” सहिद तथा बेपत्ता परिवार सम्मान तथा प्रशिक्षण कार्यक्रम” सम्पन्न भएको छ ।

माओवादी पार्टीको तीन महिने विशेष रुपान्तरण “जनतासँग माओवादी ” अभियान अन्तर्गत संचालन भईरहेको विविध राष्ट्रिय कार्यक्रमको शिलशिलामा चन्द्रागिरिमा सो कार्यक्रम भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय उपाध्यक्ष एवं पूर्व सभामुख अग्नि प्रसाद सापकोटा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नेता अग्नि सापकोटाले मुलुकको नेतृत्व माओवादीले गरिरहेको तर राष्ट्रियता , जनजीविका स्वाधीन आत्मनिर्भर अर्थतन्त्र निर्माण र उत्पादन एवम् जनशक्ति परिचालन र अवसर प्रदान गर्ने मामिलामा मौजुदा अन्य पार्टीहरुको सहयोग प्राप्त हुन नसक्नाले सोचेजस्तो परिणाम राष्ट्रले पाउन नसकेको साथै , अहिलेको सरकारले राष्ट्रिय , अन्तराष्ट्रीय सम्बन्ध विस्तारमा सक्दो भुमिका खेलिरहेको र अन्तराष्ट्रीय सहयोग जुटाउन सक्दो प्रयत्न गरिरहेको बताउनु भयो !

तात्कालिन नेपाल कम्युनिस्ट पार्टी माओवादीद्वारा प्रतिक्रियावादी राज्य सत्ता ध्वस्त गर्दै जनवादी सत्ता स्थापनाको लागि जनयुद्धको बाटोमा अघि बढौ भन्ने मुल नाराका साथ २०५२ साल फागुन १ गतेदेखि सुरु भएको महान जनयुद्धको क्रममा शाही सेना/ राज्यद्वारा बेपत्ता पारिएका महान योद्धाका परिवारजनहरुलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो भने पार्टीको विभिन्न तह र तप्काका नेता कार्यकर्ताहरुको लागि आवश्यक मार्क्सवाद सम्बन्धि सैद्धान्तिक ज्ञान सम्बन्धमा पार्टीको केन्द्रिय सदस्य एवं मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरी तिमिल्सिनाले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा माओवादी केन्द्रको संगठन कस्तो हुनु पर्छ ? कम्युनिस्टहरुको संगठन कस्तो हुनुपर्छ ? संगठनको बिधि , संगठनले गर्नुपर्ने निर्णय प्रक्रिया , संगठनभित्रको सोपान , संगठनको उदेश्य लागायतका महत्वपूर्ण बिषय केन्द्रीत प्रशिक्षण माओवादी केन्द्र काठमाडौ जिल्ला समन्वय समितिका सचिव महेश्वर फुयालले दिनु भएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रमा आवद्ध केन्द्र , प्रदेश , जिल्ला , नगर समिति र नगर स्तरीय ज.व.स./ मोर्चाहरुका फ्याक्सन ईन्चार्ज, अध्यक्षहरु , वडा समितिका अध्यक्ष तथा सदस्यहरु लगायतका पार्टी प्रति आस्थावान थुप्रै नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । ” सहिद योद्धा तथा बेपत्ता परिवार सम्मान तथा एकदिने प्रशिक्षण कार्यक्रम नेकपा ( माओवादी केन्द्र ) चन्द्रागिरि नगर समिति अध्यक्ष देवकृष्ण महर्जनको अध्यक्षतामा सम्पन्न भएको हो !

Scroll to Top