सहिद स्मारक प्रकृति प्रतिष्ठानलाई पर्यटन मन्त्रालयले काट्यो पत्र

चन्द्रागिरि नगरपालिका थानकोटमा रहेको ऐतिहासिक त्रिभुवन पार्कभित्र भइरहेको व्यथिति र अवैध गतिविधि तत्काल रोक्न बागमती प्रदेश संस्कृति , पर्यटन तथा सहकारी मन्त्रालयले सहिद स्मारक प्रकृति प्रतिष्ठानलाई पत्राचार गरेको छ ।

मन्त्रीस्तरको निर्णय अनुसार १० दिन भित्र सो व्यहोराको निर्देशन र निर्णयको कार्यान्वयन गरि गराई मन्त्रालयलाई जानकारी गराउन पत्रमा उल्लेख छ ।

त्रिभुवन पार्कभित्र भइरहेका अवैध संरचना निर्माण र सम्पूर्ण कथित सम्झौताहरु तत्काल रोक्न पर्यटन मन्त्रालयले पठाएको पत्र ।

निर्देशनका बुँदाहरु निम्नानुसार रहेको छ

१. त्रिभुवन पार्क , थानकोट भित्रको बहुमुल्य बिरुवा , जग्गा , स्थिर सम्पत्ति संरक्षण गर्न, अवैध रुपमा निर्माण भएको घरटहरा तत्काल हटाउन , सहिद स्मारक प्रकृति प्रतिष्ठान र विभिन्न फर्म / कम्पनी बिच भएको लिज र कथित सम्झौताहरुको कार्यान्वयन रोक्ने तथा अतिक्रमण भएको जग्गाको संरक्षण गर्ने ।

२. उल्लिखित निर्देशन तोकिएको समयमा कार्यान्वयन गरि / गराई यस मन्त्रालयलाई जानकारी नगराएमा कानुन बमोजिम थप कारवाही अघि बढाइने समेत स्मरण गराइन्छ ! पत्रमा भनिएको छ ।

Scroll to Top