साँखेजुङ्को उकालो लोकार्पण

This image has an empty alt attribute; its file name is 380406941_1016566982719512_2667061746347434757_n-1024x333.jpg

कवि तथा आख्यानकार भुवनहरी सिग्देल द्वारा लिखित साँखेजुङको उकालोको एक कार्यक्रमका बिच उद्घाटन भएको छ । कविको जीवनाख्यानका रुपमा रुपमा रहेको यो पुस्तकमा सिग्देलले विभिन्न समयका घटनाक्रमलाई इमान्दारितापूर्वक उतारेका छन् बिशेषगरी काँठक्षेत्रको नालीबेली उतारिएको यो पुस्तक रैखिक ढाँचामा लेखिएको परम्परागत आत्मवृतान्त भन्दा पृथक र पठनिय रहेको र लेखकले लेखनमा आफ्नो इमान्दारिता प्रस्तुत गरेको पुस्तकका समिक्षक महेश पौडेलले बताउनुभयो ।

लोकार्पित कृति जीवनाख्यान मात्रै नभएर सत्रौँ शताब्दीदेखि हालसम्मको नेपाली समाज, संस्कृति, सभ्यता, रीति र थितिले स्थापित गरेको लोकदर्शनको पनि सार भएको अर्का समिक्षक भवानी खतिवडाले बताउनु भयो । कवि रमेश खकुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता नियात्रा नेपालका संयोजक प्रतिक ढकालले गर्नुभएको थियो ।

विशिष्ट छन्द साधना पुरस्कार २०८० कवि भुवनहरी सिग्देल सम्मानित

छन्द तरङ्गको पाँचौ वार्षिकोत्सवको अवसरमा छन्द कविताका दुई साधकलाई सम्मान गरिएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट छन्द साधना पुरस्कार २०८० वरिष्ठ कवि भुवनहरी सिग्देललाई र युवा छन्दसाधना प्रतिभा पुरस्कार २०८० युवाकवि कविराज पौडेललाई प्रदान गरिएको छ । पुरस्कारको राशी क्रमश ४०,००० र २०,००० रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि घिमीरेले नेपाली वैदिक परम्परामा आधारित नेपाली संस्कृति छन्द परम्परा बाट नै पुस्तान्तरण भएको स्मरण गर्दै छन्द साहित्यको संरक्षणले संस्कृतिको संरक्षण हुने बताउनु भयो । छन्द तरंगका संयोजक प्रा.डा. राम प्रसाद ज्ञावालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानित स्रष्टाको बारेमा डा. देवि नेपालले प्रकाश पार्नुभएको थियो । सम्मानित स्रष्टालाई सम्मान पत्रका साथमा नेपाली सुर्कै थैलीमा राखेर नगद पुरस्कारले सम्मान गरिएको थियो ।

Scroll to Top