साउन महिनामा भित्रियो १ खर्ब १६ अर्ब रुपैयाँ रेमिटेन्स, गत वर्ष भन्दा २५.८ प्रतिशतले बढ्यो

काठमाडौं : चालु आर्थिक वर्षको साउन महिनामा विप्रेषण आप्रवाह (रेमिटेन्स) २५.८% ले बढेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३% ले बढेको थियो । 

यता, अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि २१.५% ले बढेर ८७ करोड ९८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १२.५% ले बढेको थियो । यसअवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १२.१% ले घटेर ३९ हजार १५२ जना पुगेको छ । 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५% १६ हजार ४२३ कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४% ले बढेको थियो । 

Scroll to Top