साहित्यकार भवानी खतिवडालाई ‘कवि शिरोमणि लेखनाथ पुरस्कार’

साहित्यकार भवानी खतिवडालाई ‘कवि शिरोमणि लेखनाथ पुरस्कार’ अर्पण गरिने भएको छ ।

लेखनाथ पुस्तकालयको हालै बसेको बैठकले सो निर्णय गरेको हो । सो पुरस्कार खतिवडालाई ‘चारखोलाको आँगनीमा’ नामक पद्यनियात्रा कृतिका लागि दिइन लागेको हो । पुरस्कार आगामी पौष २६ गते मनाइने वार्षिकोत्सव कार्यक्रममा अर्पण गरिने संस्थाले जनाएको छ ।

खतिवडाको दोस्रो पद्यनियात्रा कृति ‘चारखोलाको आँगनीमा’ “२०७९ “लाई लेखनाथ पुस्तकालयले नगद राशिसहित सम्मानित गर्न लागेको हो ।

Scroll to Top