![](https://shonitpurkhabar.com/wp-content/uploads/2024/07/CHUNDEVI-1915X192.jpg)
काठमाडौँ। सिल प्याक गरेर बिक्रीका लागि बजारमा पठाएको ग्यास सिलिण्डर खाली भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले कोशी ग्यास उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गराएको छ ।
मोरङको बुढिगंगामा रहेको कोशी ग्याँस उद्योगले बिक्रीका लागि बजार पठाएको सिलप्याक सिलिण्डर खाली भेटिएपछि आइतबार दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।
विराटनगर–९ ट्राफिक चोकमा उपभोक्ताले खरिद गरेको सिलप्याक सिलिन्डर खाली भेटिएको थियो ।
![](https://shonitpurkhabar.com/wp-content/uploads/2023/09/gas.jpg)
विराटनगरस्थित कोशी ग्याँसको डिलर न्यू हिमाल मार्केटिङ्गबाट खरिद गरेको ग्यास सिलिण्डर खाली भएको पाएपछि उपभोक्ताले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा गुनासो गरेका थिए ।
कार्यालयका प्रमुख हितेश बस्नेतसहितको टोलीले आइतबार अनुगमन गर्दा गडबडी देखिएपछि दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।