सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं ।  सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका छन्। संसदमा विश्वासको मत पाउने सम्भावना नदेखेपछि बिहीबार बेलुकी साढे ६ बजेतिर मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँको निवासमै पुगेर राजीनामा बुझाएका हुन्।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बेलुकी ५ बजेसम्मका लागि स्थगित गरिएको थियो । बेलुकीसम्म पनि नागरिक उन्मुक्तिका २ जना र स्वतन्त्र सांसद काठमाण्डौंबाट नगएको थाहा पाएपछि मुख्यमन्त्री शाहले विश्वासको मत नपाउने भन्दै राजीनामा बुझाएका हुन् ।

Scroll to Top