सुदूरपश्चिममा एकीकृत समाजवादीले लक्ष्मण किशोरलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । समाजवादीले लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ।

सत्ता गठबन्धनबीच सुदूरपश्चिममा समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएपछि समाजवादीले समर्थन फिर्ता लिएको हो। समाजवादीका नेता दीर्घ सोडारी आफैं प्रदेश प्रमुखको कार्यालयमा पुगेर समर्थन फिर्ता लिएका हुन्।

वैशाख २ गते नेपाली कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। कांग्रेस १८, समाजवादी ४, राप्रपा १ र आफ्ना ७ जना गरी उनले २९ जनाको समर्थन रहेको दाबी पेस गरेका थिए।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा १ जनाको निधन भएपछि अहिले ५२ प्रदेश सभा सदस्य छन्। सरकार बनाउनका लागि २७ जनाको बहुमत आवश्यक पर्छ। समाजवादीसँग अब माओवादीका ११, एमालेका १०, आफ्ना ४, एक जना स्वतन्त्र र २ जना नागरिक उन्मुक्तिका भए पनि सरकार बनाउने सम्भावना बलियो बनेको छ।

Scroll to Top