सूर्यको अध्ययन गर्न पठाइएको ‘आदित्य एल वन’ गन्तव्यमा पुग्यो, भारतलाई नयाँ सफलता

काठमाडौं ।

सूर्यको अध्ययनका लागि उडेको भारतीय यान आदित्य एल वन आफ्नो गन्तव्यमा प्रवेश गरेको छ । प्रक्षेपणपछि चार महिनाको यात्रा तय गर्दै आदित्य एल वन लेग्रेन्ज पोइन्ट वन (एल वन) पुगेको हो । 

एल वनमा पुग्न आवश्यक पर्ने अन्तिम कक्षमा आदित्य एल वन प्रवेश गरेको इसरोले पुष्टि गरेको छ । गन्तव्यमा आदित्य एल वनलाई पुर्‍याउन  आज (शनिवार) यानमा भएको मसिन अन्तिम पटक जलाइएको थियो । त्यसपछि ६३ मिनेट २० सेकेन्डको उडान भर्दै यान पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको एल वनको हलो कक्षमा प्रवेश गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा ‍पोस्ट गर्दै भारतले फेरि अर्को कोसेढुङ्गा बनाएको बताएका छन् । प्रधानमन्त्री मोदीले जटिल अन्तरिक्ष मिसन भारतीय वैज्ञानिकहरूको अथक प्रयासको परिणाम भएको जनाएका छन् । त्यस्तै उनले यो असाधारण उपलब्धि भएको उल्लेख गरेका छन् । 

Scroll to Top