सोती हत्याकाण्डका आरोपीहरुलाई जन्मकैदको फैसला

नवराज विश्वकर्मा सहित ६ जनाको हत्या प्रकरणका २३ जना आरोपीलाई रुकुम पश्चिम जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ।

न्यायाधीश खड्गबहादुर केसीको इजलासले मंगलबार जन्मकैदको सजाय गर्ने फैसला गरेको हो। तीन वर्ष पहिले नवराज विक सहित ६ जनाको अमानवीय र क्रुर हत्या भएको थियो।

अदालतले नवराजकी प्रेमिकाकी बाबु-आमालाई जातीय छुवाछूतको अभियोगमा दुई-दुई वर्ष कैद तथा ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ। घटनाका आठ जना आरोपीले भने सफाइ पाएका छन् ।

Scroll to Top