स्तन क्यान्सर सम्बन्धी वाकाथुन कार्यक्रम हुँदै

श्री मंगलोदय माध्यामिक विद्यालय (२०५० – व्याच ) थानकोट को आयोजनामा ,नेपाल क्यान्सर हस्पिटल ,नेपाल क्यान्सर सहयोग समूह,उपचारका लागि सहयोगी हातहरु नेपाल र प्राउन्नि फाउन्डेसनको सह- आयोजनामा क्यान्सर विशेषज्ञ डा.प्रफुल्ल शाक्य लगायत अन्य क्यान्सर विज्ञबाट स्तन क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम चन्द्रागिरि नगरपालिकामा सन्चालन हुने भएको छ ।

प्राप्त जानकारी अनुसार सो वाकाथुन कार्यक्रमको रुट निम्नानुसार हुनेछ ! थानकोट – साझा घरबाट सुरु भएर सिलाफल- महाँलक्ष्मी मन्दिर- कोतघरमा ( कार्यक्रम आयोजनाको उद्देश्यबारे जानकारी गराउँदै ) गोदाम – टेकानपुर महाँलक्ष्मी चौरमा गएर कार्यक्रम सम्पन्न हुनेछ ।

वाकाथुन कार्यक्रम हुने मिति , समय र स्थान –

मिति : २०८०/०६/३०

समय:- बिहान ७:०० बजे

स्थान :- साझाघर थानकोट ।

Scroll to Top