स्रोत नखुलेको ४ करोड सम्पत्ति भेटिएपछि ललितपुरका तत्कालिन मालपोत अधिकृतविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत मीनबहादुर भट्टराईविरुद्ध ४ करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

२०५४ सालमा सेवामा प्रवेश गरेका भट्टराईले सेवा अवधिमा ४ करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ गैरकानूनी सम्पत्ति जोडेको र वैधानिक स्रोत नखुलेको भन्दै अख्तियारले आज मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४ साउन २६ देखि मिति २०७९ जेठ ३० गतेसम्मको अवधिलाई अनुसन्धान अवधि मानी सोही अनुसारको अन्तिम कट अफ मितिको आधारमा समग्र आय तथा व्ययको विश्लेषण गर्दा स्रोत नखुलेको रकम ४ करोड बढी देखिएको अख्तियारले जनाएको छ ।

Scroll to Top