हेटौँडा-काठमाडौं जोड्ने कान्ति लोकपथ पूर्णरुपमा सञ्चालनमा

काठमाडौं । हेटौँडा-काठमाडौं जोड्ने सडक आज शुक्रबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ।
कान्ति लोकपथअन्तर्गत मकवानपुरको हेटौँडा-काठमाडौं जोड्ने सडक स्तरोन्नतिसँगै मर्मतका लागि गत चैत १ गतेदेखि बन्द गरिएको सो सडक आज बिहानबाट पूर्णरुपमा सञ्चालनमा आएको हो।
सो सडकअन्तर्गत ललितपुरको वाग्मती गाउँपालिका-२ रातोभिरस्थित सडक निर्माण गर्ने क्रममा ढुङ्गामाटो धेरै झरी सडकसमेत भाँसिएपछि बन्द रहेको सडक मर्मतसम्भारपश्चात् पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
गत बैशाख १६ गतेदेखि बिहान ९ बजेदेखि अपराह्न १२ बजेसम्म र राति ६ बजेदेखि बिहान ४ बजेसम्म दैनिक खुला गरिएको उक्त सडक आजदेखि पूर्णरुपमा सञ्चालन भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।

Scroll to Top