हेटौंडामा थाहा फोटो प्रदर्शनी सुरु

काठमाडाैं ।

थाहा नगरको पर्यटन प्रवर्द्धनका लागि हेटौँडामा फोटो प्रदर्शनी आयोजना गरिएको छ ।

उत्तरी मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिमा पर्यटन प्रवर्द्धनका लागि बागमती प्रदेशको राजधानी हेटौँडामा फोटो प्रदर्शनी गरिएको हो ।

थाहा नगरपालिकाको आयोजनामा हेटौँडाको बुद्ध चोकमा २ दिने फोटो प्रदर्शनी सुरु गरिएको छ ।

शुक्रबार हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले प्रदर्शनीको उद्घाटन गरेकी हुन् । प्रदर्शनीको उद्घाटन गर्दै मेयर लामाले प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।  बागमती प्रदेश सरकारले सुरु गरेको भ्रमण वर्ष २०२४ लाई पनि प्रदर्शनीले सघाउ पुग्ने उनले बताइन् ।

जिल्लाको पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनका लागि १० वटै स्थानीय तहहरू एकजुट हुन जरुरी रहेको उनको भनाई छ । हेटौँडा उपमहानगरपालिकाले पनि छिट्टै नै पर्यटन प्रवर्द्धनका लागि विभिन्न प्रर्दशनीहरु आयोजना गर्ने तयारी गरिएको उनले बताइन् ।

प्रदर्शनीमा थाहाका पत्रकार र फोटोग्राफर हरु गणेश विष्ट रामकुमार कार्की, कृष्ण अधिकारी, रुपेश जेपाल, श्रीकृष्ण श्रेष्ठ, विज्ञान विष्ट, प्रेम बलामी, सुरजकुमार भुजेल र शम्भु अधिकारीले खिचेको फोटोहरू प्रदर्शनीमा राखिएका छन् ।

थाहा नगरको पर्यटकीय क्षेत्र, प्राकृतिक, धार्मिक स्थल, सभ्यता, संस्कृति र जीवनशैली समेटिएका फोटो प्रदर्शनीमा राखिएको छ । 

प्रदर्शनी शनिबारसम्म चल्ने छ भने ५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

Scroll to Top