१० महिनामा पौने ३ खर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा २ खर्ब ७६ अर्ब ७ करोड ८५ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको भन्सार विभागले उल्लेख गरेको छ ।

अत्याधिक आयात हुने वस्तुमा आइरन तथा स्टिल छन् । यस्तै बोइलर्स मेसिनरी र तिनका पार्टपूर्जाको आयात भएको भन्सार विभागको तथ्यांक छ । यस अवधिमा ८७ अर्ब १ करोड ३४ लाख रुपैयाँ बराबरको बोइलर्स मेसिनरी र पार्टपूर्जा आयात भएको छ ।

यससँगै ८४ अर्ब ४१ करोड २५ लाख रुपैयाँ बराबरको विद्युतीय मेसिनरी तथा उपकरण पनि आयात भएको छ । यसपछि सोही अवधिमा ६७ अर्ब २ करोड ५० लाख रुपैयाँ बराबरको सवारी साधन तथा तिनका पार्टपूर्जा आयात भएको उल्लेख छ ।

Scroll to Top