२१ वर्षपछि फेरि ‘न मैले लेखे न उनले लेखिन’ गीत सार्वजनिक

काठमाडौं । हिमाल सागरको सुपरहिट गीत ‘न मैले लेखे न उनले लेखिन’ को रिमेक भर्सन सार्वजनिक भएको छ ।
असार १५ गते दही चिउरा खाएर कार्यक्रमको सुरुआत गरिएको आयोजकले जनाएको छ ।
काठमाडौंको विश्वज्योति सिनेप्लेक्स, जमलमा आयोजित कार्यक्रम बिहान १०ः१५ बजे सुरु भएको थियो ।

२१ वर्षपछि फेरि त्यही गितलाई रिेमेक भर्सनमा निकालेका हिमालको नयाँ भिडियो नेपाल रिदम रेकर्डसले सार्वजनिक गरेको छ । निकेश खड्काको निर्देशन रहेको गितमा केकी अधिकारी र हिमाल सागरको अभिनय रहेको छ भने मानस केसीले गीत लेखेका छन् ।
भुवन गिरी, रुपेश थापा र प्रज्वल गिरीले निर्माण गरेको गीतमा संगीत स्वयम् हिमाल सागरले नै दिएका छन् भने एरेन्ज योगशकाजी शाहले ।

Scroll to Top