२६० जना जेष्ठ नागरिकलाई सम्मानका साथै न्यानो कपडा वितरण

उत्तम कार्की
नेपाल कम्युनिस्ट पार्टी (एमाले) चन्द्रागिरि नगरपालिका वडा नं. ८ को दोश्रो वडा अधिवेशन सम्पन्न भएको छ ।
हाम्रो ब्यान्केटको प्राङ्गणमा आयोजित कार्यक्रममा २६० जना जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै न्यानो कपडा वितरण गरिएको थियो ।
पूर्वमन्त्री एवं नेकपा एमाले पोलिट ब्यूरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रम उल्लेखनीय स्थानीय शुभचिन्तक सहभागिता रहेको थियो ।
न्यानो कपडा वितरणको क्रममा पुरुष जेष्ठ नागरिकका लागि न्यानो ज्याकेट ,मोजा र महिला जेष्ठ नागरिकका लागि न्यानो स्विटर, मोजा बितरण गरिएको जानकारी पुर्व वडा अध्यक्ष एबम युवा समाजसेवी सन्तोष खड्काले बताए ।
साथै आगामी दिनहरुमा भौतिक तथा नैतिक साथ र समर्थनसहित घर घर पुगेर हरेक समस्याको समाधान गर्न समेत आफू पछि नपर्ने जानकारी नेकपा एमालेका प्रदेश कमिटी सदस्य एबम काठमाडौ क्षेत्र नम्बर १० (२) का इन्चार्ज समेत रहेका खड्काले बताए ।

Scroll to Top