२७ अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्ब ८५ करोडको सेयर कारोबार

काठमाडौं : सोमबार नेप्से परिसूचक २७ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २७.५४ अंकले बढेर २०९२ विन्दुमा पुगेको छ । 

सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्ध भूमि नेपाल हाइड्रोपावर,भगवती हाइड्रोपावर डेभलपमेन्ट र नेरुडे मिरमिरे लघुवित्त वित्तीयको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

कारोबार रकम आइतबारको तुलनामा बढी हो। सो दिन ५ अर्ब २५ करोड १० लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो । अघिल्लो दिन नेप्से परिसूचक  ४५.६९ अंकले बढेको थियो ।

कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्ष स्थानमा रह्यो। पाँचवटा समूहको उपसूचक नकारात्मक देखिदा ८ वटा समूहका उपसूचक सकारात्मक देखिएका  छन् । बैंकिङ समूहको उपसूचक सर्वाधिक ४.१८ प्रतिशतले बढेको छ ।

आज १३५ स्टकको मूल्य बढ्दा १०७ वटाको घट्यो भने बाँकी ४ को मूल्य स्थिर रह्यो ।

Scroll to Top