३ दिनदेखि सम्पर्कमा छैनन् सन्देश बलामी

थानकोट । चन्द्रागिरि नगपालिका वडा नं ४ थानकोट , टेकानपुरका १९ वर्षीय सन्देश बलामी ३ दिनदेखि सम्पर्कमा छैनन् ।

शुक्रबार दिउँसोदेखि सम्पर्क विहिन भएका उनको अहिलेसम्म कुनै खबर आएको छैन ।

बागमती प्रदेश ०२ – ०३१ , प ८९९७ नम्बरको पहेँलो स्कुटीसहित हराइरहेका उनको मोबाइल शुक्रबार दिउँसैदेखी स्विच अफ छ ।

विश्व निकेतनमा कक्षा १२ मा पढिरहेका उनको आजैदेखी प्री परिक्षा शुरु हुँदैछ ।

घरमा त्यस्तो कुनै झैझगडा नभएको र घर छाडेर त्यसरी कतै जानुपर्ने कुनै अन्य कारण नदेखिएको परिवारले बताएको छ ।

हाल प्रहरी प्रशासनले उनको खोजीकार्य तिव्र बनाएको छ !

कसैले फेला पार्नु भएमा निम्न नम्बरहरुमा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौं !
९८१३०५३५१३ , ९८०८०८००१९, ९८४१८१४२८४

Scroll to Top